शुक्रबार, वैशाख ७, २०८१

गृहमन्त्रालय नपाए सरकारबाट बा‍हिरिने लामिछानेको चेतावनी

नेपालखोज २०७९ माघ १७ गते १२:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रालय नपाए सरकारबाट बा‍हिरिने तयारी थालेकाे छ ।

आइतबार नेपाली नागरिकता लिएपछि पुन:गृहमन्त्री बन्ने दाैडधूपमा लागेका रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

भेटमा गृहमन्त्रालयका लागि प्रधानमन्त्री दाहाल सकारात्मक नभएपछि रास्वपाले सरकारबाट बाहिरिने तयारी थालेकाे स्राेतले जानकारी दिएकाे छ ।

स्राेतका अनुसार लामिछानेकाे नागरिकता विवादका कारण माओवादीका केही नेता उनलाई पुन:गृहमन्त्रालय दिन तयार नभएकाे र बिहानकाे छलफलमा पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल सकारात्मक थिएनन् ।

यता, सरकारमा सहभागी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने उनै रविलाई नै पुन: गृहमन्त्री बनाउन सहमत छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेकाे रास्वपाले सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृह मन्त्रालयसहित चार मन्त्रा‍लय पाएकाे हाे ।

प्रतिक्रिया