शुक्रबार, वैशाख ७, २०८१

अघि बढ्न सकेन क्यानको बैठक

नेपालखोज २०७९ माघ १७ गते १५:३७

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरिएपछि क्यानको बोर्ड बैठक अघि बढ्न सकेको छैन ।

पोखरामा जारी क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रीय सदस्यहरूले अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् । केन्द्रीय सदस्य करण महतरा क्षेत्री, अमितवीर पाण्डे, ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, छुम्बी लामा र धर्मराज गिरीले लिखित रूपमा राजीनामा माग गरेका हुन् ।

बोर्ड बैठकमा १७ वटा एजेन्डामा छलफल हुनेछ । जसमध्ये मुख्य एजेन्डा नेपाल टी–ट्वान्टी लिग प्रतियोगिता र पूर्वकप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवाको विषयमा मुख्य एजेन्डा रहेका छन् ।

प्रतिक्रिया