मंगलबार, वैशाख ११, २०८१

प्रहरीले लिन मानेन् रवि लामिछानेविरुद्धको उजुरी

नेपालखोज २०७९ माघ १७ गते १६:५०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको उजुरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल उजुरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो उजुरी दर्ता गर्न अस्वीकार गरेको हो

प्रतिक्रिया