शुक्रबार, चैत १६, २०८०

पछिल्लाे २४ घन्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७९ माघ १८ गते १६:३०

काठमाडौं । पछिल्लाे २४ घन्टामा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका २ हजार ३५१ नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १ हजार ७७८जनाको परीक्षण गर्दा तीनजनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा ३ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।

प्रतिक्रिया