माओवादीको स्थायी समिति बैठक : पार्टीका नेताको जिम्मेवारी र कार्यविभाजनमा छलफल हुने
नेपालखोज
२०७९ माघ १९ गते ६:१३

काठमाडाैं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे बस्दै छ । हिजाेका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता भन्दै सरेकाे थियो ।
आजको बैठकमा पार्टीका नेताहरुको जिम्मेवारी र कार्यविभाजनमा केन्द्रित भएर छलफल हुने केन्द्रले जनाइएको छ । स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो ।
सम्बन्धित

प्रतिक्रिया