‘एनआईसी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न

काठमाडौं । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एन आई सी एशिया बैंक लिमिटेडले ‘सेलेब्रेटिङ डिजिटल पार्टनरसिप’ भन्ने मूल भावका साथ २०७९ माघ १३ गते ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ सम्पन्न गरेको छ ।
बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकामा संचालनमा रहेका बैंकका एक सय ५० भन्दा धेरै व्यवसायिक साझेदारहरुको उत्साहजनक सहभागिता रहेको थियो । डिजिटल नेपाल फ्रेमवर्क’ र विश्व बजारमा भइरहेका सूचना प्रविधिको विकासलाई आत्मसात गर्दै ‘डिजिटल फष्ट बैंक’ बन्ने यस बैंकको दीर्घकालीन लक्ष्यमा मर्चेन्टहरुले देखाएकाे उत्साहजनक सहभागिता, सहकार्य र योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै सहयात्रालाई पुर्नताजगी गर्ने हेतुले ‘एन आई सी एशिया मर्चेन्ट मिट २०२३’ आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा बैंकका लाइफ स्टाइल बैंकिङ्ग यूनिर्भस प्रमुख श्याम प्रसाद लामिछानेले हाल बैंकले प्रदान गर्दै आइरहेको विभिन्न डिजिटल सेवाहरु तथा बैंकले आगामी दिनमा सुरु गर्न लागेका सेवाहरुको बारेमा जानकारी गराएका थिए । साथै, यस प्रकारको कार्यक्रमहरु आगामी दिनमा समेत देशका विभिन्न स्थानमा आयोजना गर्ने बैंकको योजना रहेको छ । हालसम्म २१ लाख बढी मोबाइल बैंकिङ्ग ग्राहक, १४ लाख बढी डेबिट तथा क्रेडिट कार्डवाहक, २ लाख बढी क्युआर मर्चेन्ट, ४ हजार बढी पीओएस मर्चेन्ट तथा ३०० बढी ई–कमर्श मर्चेन्टहरुको साथै विभिन्न भुक्तानी प्रणालीसँग सम्बन्धित संस्थाहरुले बैंकसँग सहकार्य गरिरहेका छन् ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । बैंकले मुलुकभर तीन सय ५९ वटान शाखा कार्यालयहरू, चार सय ७३ वटा एटिएम, एक सय छ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।
जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको कम्पनीहरू मध्येको हो । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।
प्रतिक्रिया