प्रतिनिधिसभा सदस्य चौधरी पक्राउ
नेपालखोज
२०७९ माघ १९ गते १५:४०

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका छन् । बाँकेमा पक्राउ परेका उनलाई कैलाली लैजाने तयारी गरिएको छ ।
उनले नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नं २ बाट निर्वाचन जितेका थिए । चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताए ।
ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया