शुक्रबार, जेठ ४, २०८१

फेसबुकबाट कसरी गरिन्छ कमाइ ?

नेपालखोज २०७९ माघ १९ गते १६:१५

कतिपयलाई फेसबुकबाट कमाउन सकिन्छ भन्ने थाह छैन् । कतिले कमाउन सकिन्छ भन्ने सुनेका होलान् तर यर्थाथ थाहा नपाएका होलान् । पढौँ, फेसबुकबाट कसरी कमाउन सकिन्छ ? भन्ने बारेमा एसएस डिजिटलका सिइओ सन्तोष सापकोटाका कुरा ।

इन–स्ट्रीम विज्ञापनहरू – इन–स्ट्रीम विज्ञापनहरू फोटो वा भिडियो विज्ञापनहरू हुन् । जुन तपाईंका भिडियोहरू सुरुवात, समयमा, बिचमा अथवा भिडियो सकिएपछि प्ले हुन्छन् । जसले तपाईंलाई फेसबुकमा पैसा कमाउन मद्दत गर्न सक्छ । यो फिचर प्रयोग गर्नका लागि तपाइको पेजमा कम्तीमा १०,००० फलोवर अनि पछिल्लो ६० दिनमा ६ लाख मिनेट वाचटाइम पुगेको अर्थात ६ लाख मिनेट सम्म तपाइको भिडियोहरु हेरिएको हुनु पर्दछ । र कम्तीमा पनि ५ वटा भिडियो अपलोड भएको हुनुपर्दछ साथै पेजले कुनै पनि पोलिसी उल्लंघन गरेको हुनु हुदैन र योग्य देशबाट संचालित पेज हुनुपर्छ ।

स्टार बोनस – यो फिचरबाट आम्दानी गर्नको लागी कुनै मापदण्ड दिइएको हुदैन र फेसबुक आफैले तपाईंलाई आमन्त्रण पठाउने गर्दछ । यो फिचरमा तपाइको भिडियो अथवा लाइभ भिडियोमा तपाइका फलोवरहरुले तपाईंलाइ स्टार पठाउनु पर्ने हुन्छ र त्यही पठाएको इस्टारबात तपाइले भुक्तानी प्राप्त गर्नुहुनेछ । तपाइलाई पठाइएको १०० स्टार बराबर लगभग १ डलरको भुक्तानी पाइन्छ । यसको लागि पनि तपाइको पेजले कुनै पनि पोलिसी उल्लंघन गरेको हुनु हुदैन र योग्य देशबाट संचालित पेज हुनुपर्छ ।

सव्सक्राइभ फिचर – यो फिचर पनि स्टार फिचर जस्तै फेसबुक आफैले आमन्त्रित गर्ने फिचर हो । जसमा तपाइका फलोवारहरुले तपाइको पेजको सदस्यता लिनुपर्ने हुन्छ , जुन सशुल्क सदस्यता हुने गर्दछ र यो सदस्यता लिए बमोजिम उक्त सदस्यहरु तपाइको प्रिमियम कन्टेन्टहरु हेर्न र प्रतिक्रिया दिन मिल्ने हुन्छ । यसमा तपाईलाइ फेसबुकले दिएको दायरा भित्रको रकम सेट गर्न मिल्छ जुन १० डलर देखि सुरु हुन्छ ।

रिल बोनस – यो फिचर केबल फेसबुक मात्र नभएर इन्स्टाग्राममा पनि छ जसमा तपाइलाइ फेसबुकले नै यो फिचरको लागि आमन्त्रित गर्ने गर्छ । एकपटक आमन्त्रित भएपछी तपाइले भुक्तानी पाउने बैंक खाता दर्ता गरिसके पनि आफ्नो फेसबुक वा इन्स्टाग्राम खातामा रिल भिडियोहरु अपलोड गर्नु पर्ने हुन्छ । यसरी अपलोड भएका भिडियोहरुमा तपाईं आफ्नै अधिकार हुनुपर्छ । साथै अरु कसैले वा तपाईं आफैले पनि पहिले नै अपलोड गरेको हुनु हुदैन । यो फिचरमा टिकटकमा जस्तै साना साना भिडियो अपलोड हुने गर्छ ।

के नेपालबाट फेसबुक मोनिटाइज गर्न मिल्छ ?
यस्को छोटो उत्तर हो “मिल्दैन“ । फेसबुकले नेपाललाइ हालसम्म मोनिटाइज योग्य सुचिमा नेपाललाइ सामेल गरेको छैन । तर “लाइभ गेमर“ हरुको लागि भने मोनिटाइज गरेर कमाउन मिल्ने बनाएको छ ।

प्रतिक्रिया