मंगलबार, वैशाख ११, २०८१

भारतमा ‘इन्डो नेपाल एस्ट्रो समिट–२’सम्पन्न

नेपालखोज २०७९ माघ २० गते १६:१२

काठमाण्डौं । भारतको राजस्थान जयपुरमा तीन दिने ‘इन्डो नेपाल एस्ट्रो समिट–२’ सम्पन्न गरिएको छ ।

वेदामृतम् संस्थानम् जयपुर फाउण्डेशनको आयोजना तथा विश्व ज्योतिष महासंघ, नेपाल र दक्षिण एसियाली ज्योतिष महासंघ नेपालको सह–आयोजनामा फेब्रुअरी १ देखि ३ सम्म चलेको समिटमा डा. अजय भाम्बी, डा. एच. एस. रावत, धनेशमणी त्रिपाठी लगायतका भारतीय विद्धान, विभिन्न विश्वविद्यालयका उपकुलपति, भारत सरकारका सांसद, राजस्थानका मन्त्रीहरु, नेपाल र भारतका ज्योतिष, धर्मगुरुहरुको उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय वैदिक–ज्योतिष विज्ञान अनुसन्धान सेमिनार र विद्वान सम्मान समारोह, वैदिक संस्कृति र ज्योतिष विज्ञानमा एक अन्तर्राष्ट्रिय गोष्ठीको रुपमा व्याख्या गरिएको उक्त समिटमा पूर्वीय दर्शन सम्बन्धी खोजमूलक अनुभव आदान–प्रदान गर्नुका साथै इन्डो नेपाल आइकन अवार्ड समेत प्रदान गरिएको दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मण पन्थीले जानकारी दिए ।

विभिन्न व्यक्तिलाई सम्मान गरिएको समिट अनन्त श्रीविभूषित जगद्गुरु शंकराचार्य स्वामीको प्रमुख आतिथ्यता र आयोजक समितिका अध्यक्ष डा. दिलिप कुमार अवस्थिको अध्यक्षतामा सम्पन्न गरिएको समिटमा विश्व ज्योतिष महासंघ, नेपाल तर्फबाट अध्यक्ष डा. लोकराज पौडेल र दक्षिण एसियाली ज्योतिष महासंघ नेपालको तर्फबाट सहअध्यक्ष आचार्य अशोक कुमार मिश्रा र उपाध्यक्ष अम्बिका शर्मा लामिछानेको नेतृत्वमा सहभागीता जनाएका थिए ।

प्रतिक्रिया