शनिबार, वैशाख ८, २०८१

बंगलादेशसँग नेपाल पराजित

नेपालखोज २०७९ माघ २० गते २२:४२

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशलाई जित दिलाउन शाहिदा अक्तर रिपाले दुई गोल गरिन् । मस्ट अक्लिमा खातुनले एक गोल गरिन् । नेपालका मनमाया दमाइले एक गोल फर्काईन् । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा खातुनको गोलबाट तेस्रो मिनेटमै बंगलादेशले अग्रता बनाएको थियो ।

खेलको १३ औं मिनेटमा रिपाले गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाईन् । खेलको २४ औं मिनेटमा नेपालकी मनमायाले गोल गरेपछि खेल २–१ को स्थितिमा रह्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा रिपाले गोल गर्दा बंगलादेश ३–१ ले विजयी भयो । यससँगै नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

प्रतिक्रिया