बिहीबार, वैशाख १३, २०८१

सर्वाधिक धनी कलाकार

नेपालखोज २०७९ माघ २२ गते १३:३३

जेरी सेनफेल्ड (Jerry Seinfeld) : यी अमेरिकी स्ट्यान्डअप कमेडियनको कमाई कुनै पनि अभिनेता भन्दा बढी छ। वर्ल्ड स्ट्याटिस्टिक्सले अमेरिकी कमेडी शो ‘सिनफिल्ड’का अभिनेतासँग १ अर्ब डलर रहेको बताएको छ । उनी कमाइका हिसाबले विश्वकै शीर्ष स्थानमा छन् ।

टायलर पेरी (Tyler Perry) : पेरीको कुल नेटवर्थ पनि करिब एक अर्ब डलर छ, जुन अभिनेताको कमाईको हिसाबले विश्वको दोस्रो ठूलो हो । ५१ वर्षीय पेरीको फिल्मले अफ्रिकी अमेरिकीहरूबीच छुट्टै पहिचान बनाएको छ ।

ड्वेन जोनसन (Dwayne Johnson) : हलिउडका ‘द रक’ जोनसनसँग करिब ८० करोड डलर सम्पत्ति छ र उनलाई विश्वको सबैभन्दा ठूलो व्यावसायिक रेस्लर मानिन्छ । WWE बाट हलिउडमा आएर उनले छुट्टै पहिचान बनाएका छन् र आज उनी सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकार मध्ये एक हुन् ।

शाहरुख खान (Shah Rukh Khan) : बलिउडका बादशाह शाहरुख खान यो सूचीको चौथो स्थानमा छन् र उनको कुल सम्पत्ति ७७० मिलियन डलर रहेको बताइएको छ, जुन नेपाली मुद्रामा करिब ९ हजार ९ सय २० करोड जति हुन्छ । किंग खानले हालसम्म ८० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् भने भारत सरकारले उनलाई पद्मश्री अवार्ड पनि दिएको छ ।

टम क्रुज (Tom Cruise) : मिशन इम्पोसिबल जस्ता एक्सन सिरिजका फिल्मबाट दर्शकको मनमा राज गरेका हलिउड अभिनेता टम क्रुज कमाईका हिसाबले पाँचौं स्थानमा छन् । उनको कुल सम्पत्ति ६२ करोड डलर रहेको बताइएको छ । टमले अहिलेसम्म ३ वटा गोल्डेन ग्लोब अवार्ड प्राप्त गरिसकेका छन् ।

ज्याकी च्याङ (Jackie Chan) : ओस्कारदेखि आसियानसम्मका अवार्ड जितेका ज्याकी च्याङ कमाईको हिसाबमा छैठौं स्थानमा छन् । एक्शन हिरोका रुपमा चर्चित च्याङको कुल सम्पत्ति ५२ मिलियन डलर भएको बताईन्छ ।

प्रतिक्रिया