शुक्रबार, वैशाख ७, २०८१

‘राष्ट्रलाई अस्थिरतामा धकेल्ने काम कसैले गर्न हुँदैन’

नेपालखोज २०७९ माघ २२ गते १४:४३

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरताबाट जोगाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई अस्थिरतामा धकेल्न नहुने बताए । आफूहरु प्रतिपक्षमा बस्ने मानसिकतामा रहेका बेला सरकार गठनको समय घर्किन लाग्दासमेत सरकार नबन्ने देखिएपछि राष्ट्रलाई अस्थिरतामा जानबाट रोक्दै र राजनीतिक निकास निकाल्दै प्रचण्ड नेतृत्वमा सरकार बनाएको उनको भनाइ छ ।

कांग्रेसको भूमिकाप्रति प्रश्न उठाउँदै उनले संसदमा कांग्रेसले खेलेको भूमिका बुझिनसक्नु रहेको बताए । उनले एमालेले सरकार छाडेर कांग्रेसले सरकार चलाउँदा आर्थिक वृद्धि दर ओरालो लगाएको उनको आरोप छ । राजश्वय संकलन र वैदेशिक सहायता कमजोर बनेको उनको दाबी छ ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहँदा राज्य संयन्त्रको चरम दुरूपयोग भएको उनको गम्भीर आरोप लगाए । उनको सम्बोधन जारी छ ।

प्रतिक्रिया