बुधबार, वैशाख २६, २०८१

दुई अंकले नेप्से बढ्दा एक अर्ब ९३ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ २२ गते १५:२७

काठमाडौ । नेप्सेमा झिनो अंकले सुधार देखिएको छ । गत साता सुरुवाती कारोबार दिन देखि नै घटेको नेप्से यो साता भने सुरुवाती कारोबार दिन अर्थात आज आईतबार देखि बढेको छ । नेप्से आज एक दशमलव ५४ अंकले बढेर दुई हजार ९६ दशमलव आठ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८९ अंकले बढेर चार सय दशमलव २६ अंकमा चढेको छ ।

दुई सय ५८ वटा कम्पनीहरुको ३९ हजार एक सय ८७ पटकको कारोबारमा ५२ लाख ६ हजार तीन सय ७० कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ९३ करोड १७ लाख १९ हजार एक सय तीन रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ६६ अंकले बढेर १३ सय ६४ दशमलव ७९ अंकमा चढेकोमा बिकास बैंक समूहको सूचक पनि ११ दशमलव ७४ अंकले बढेर तीन हजार छ सय ७४ दशमलव ४० अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक सात दशमलव ४४ अंकले बढेर २५ सय ९६ दशमलव ४३ अंकमा चढेकोमा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादमुलक र सामुहिक लगानी कोष समूहको सूचक पनि बढेका छन् । जीवन बिमा समूहको सूचक ५२ दशमलव ९१ अंकले घटेर १० हजार छ सय आठ दशमलव ७८ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ४० दशमलव ९७ अंकले घटेर नौ हजार २४ दशमलव ७८ अंकमा झरेको छ । यि बाहेक लघुवित्त, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज आर्दश लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर २१ सय २१ रुपैयाँ ७० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा इस्र्टन हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ४५ प्रतिशतले घटेर चार सय ५१ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सात सय ३२ रुपैयाँ अन्तिम मुल्यमा ६ करोड ४४ लाख २४ हजार छ सय ८२ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया