शुक्रबार, वैशाख १४, २०८१

रविको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

नेपालखोज २०७९ माघ २२ गते २१:१०

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्तिजनक, अशोभनीय र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

आइतबार बसुन्धरास्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलनमा लामिछानेले विभिन्न मिडिया तथा पत्रकारहरूविरूद्ध अभिव्यक्ति दिएका थिए । उनले मिडिया तथा सञ्चारकर्मीहरूको नामै तोकेर अभिव्यक्ति दिएका थिए । लामिछानेको उक्त अभिव्यक्ति धम्कीपूर्ण रहेको भन्दै महासंघले निन्दा गरेको हो ।

लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनाले स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको महासंघले जनाएको छ । यस्तै अभिव्यक्तिले कुनै अप्रिय घटना भएमा लामिछाने र उनको पार्टीले जिम्मेवारी लिनुपर्ने महासंघको भनाइ छ ।

प्रतिक्रिया