भीम रावल लेख्छन्- रवि लामिछानेमाथि जाँच गरौं
नेपालखोज
२०७९ माघ २३ गते १२:२३

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने बताएका छन् । लामिछानेले आइतबार पत्रकार सम्मेलन गरेर दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले यस्ताे बताएका हुन् ।
नेता रावलले ट्विट गर्दै भनेका छन्, राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ । आलोचना सुन्छ ।’ राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्ने उल्लेख गर्दै गालीगलौजमा नउत्रने उनको भनाइ छ ।
सरकार छाडेको घोषणा गर्दै आइतबार गरेको पत्रकार सम्मेलनमा रास्वपाका सभापति रवि लामिछानेले सञ्चार माध्यम र पत्रकारमाथि विभिन्न आराेप लगाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया