शुक्रबार, वैशाख १४, २०८१

रास्वपाका ३ मन्त्रीले छाडेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

नेपालखोज २०७९ माघ २३ गते १६:०४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा गरेकी छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा राष्ट्रपति भण्डारीले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत सोमबार जानकारी दिएका छन् ।

राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्‍मेवारी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार सरकारी निवास वालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए । १९ सिट भएको रास्वपा आइतबार मात्र सरकारबाट बाहिरिएको थियो ।

प्रतिक्रिया