शुक्रबार, चैत १६, २०८०

अफगानिस्तानमा चार हजार ५ सय लागुऔषध दुर्व्यसनी पक्राउ

नेपालखोज २०७९ माघ २३ गते १९:११

काठमाडाैं । अफगानिस्तानको काउन्टर कोर्कोटिक्स प्रहरीले गत हप्ता पश्चिमी हेरात प्रान्तका विभिन्न स्थानबाट चार हजार ५०० लागुऔषध दुर्व्यसनीहरूलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलाई पुनःस्थापना केन्द्रमा पठाइएको सरकारी बख्तर समाचार एजेन्सीले सोमबार उल्लेख गरेको छ ।

दुर्व्यसनीमा फसेका व्यक्तिहरू निको भएर परिवारमा समाहित हुने अपेक्षा गरिएको प्रान्तीय पुनर्स्थापना केन्द्रका प्रमुख फैजुद्दीन रहिमीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

यस अवधिमा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा विभिन्न स्थानबाट ७०० भन्दा बढी व्यक्तिलाई पनि पक्राउ गरिएको सञ्चारमाध्यमले जनाएको छ । यसै बीच प्रहरीले सो प्रान्तमा २३ वटा लागुऔषध प्रशोधन प्रयोगशाला नष्ट गरेको बताइएको छ ।

हाल हेरातको पुनःस्थापना केन्द्रमा चार सय लागुऔषध दुर्व्यसनीले उपचार गराइरहेका छन् । केन्द्रका प्रमुख रहिमीले प्रदेशमा लागुऔषधको दुर्व्यवहारलाई जरैदेखि उखेल्ने प्रयास गरिरहेको बताएका छन् । यसअघि जनवरी १२ गते पनि प्रतिरक्षा प्रहरीले हेरात प्रान्तका विभिन्न भागबाट लागुऔषध दुव्र्यसनीलाई नियन्त्रणमा लिएर पुनःस्थापना केन्द्रमा पठाएको थियो।

प्रतिक्रिया