शुक्रबार, चैत १६, २०८०

आशा लघुवित्तले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

नेपालखोज २०७९ माघ २४ गते ११:२४

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई उक्त बोनस शेयर वितरण गर्ने जनाएको छ ।

कम्पनीले २० प्रतिशत बोनस शेयर र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश शेयरधनीहरुका लागी वितरण गर्ने निर्णय गरेको छ । प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र आशाको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया