शुक्रबार, वैशाख ७, २०८१

कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर गर्ने

नेपालखोज २०७९ माघ २४ गते १५:१३

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कस्टुमर–डे को अवसरमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने हेतुले विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ । यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेब्रुअरी ९ तारिक कस्टुमर–डे को रुपमा समेत मनाउदै आएको छ ।

सोही अवसरमा यही माघ महिना २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकमहानुभावहरुका लागि निःशुल्करुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ । उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।

प्रतिक्रिया