बिहीबार, वैशाख २७, २०८१

झापाका किसानले गरे अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन

नेपालखोज २०७९ माघ २४ गते १७:०४

काठमाडौं । उचित बजार मूल्य नपाएको भन्दै झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार उचित बजार नपाएको भन्दै किसानहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोधसँगै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

किसानहरुले सयभन्दा बढी कुखुराहरु सडकमा फालेका थिए भने उचित बजार मूल्य पाउनु पर्ने पनि माग गरेका थिए । सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ ।

प्रतिक्रिया