मंगलबार, वैशाख ११, २०८१

प्रधान सेनापति र स्विट्जरल्याण्डका महामहिम राजदूतबीच भेटघाट

नेपालखोज २०७९ माघ २४ गते १९:३६

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापिलिरबिच मंगलबार जङ्गी अड्डामा भेटघाट भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वाकस नेपाली सेनाले लिएको जनाएको छ ।

प्रतिक्रिया