टर्की, सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघ्यो, उद्धार कार्य जारी
नेपालखोज
२०७९ माघ २५ गते ९:०१

काठमाडौं । सोमबार बिहान टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पका कारण दुवै देशमा अहिलेसम्म ७ हजार ८ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८ सय ९४ र सिरियामा १ हजार ९३२ जनाको मृत्यु भएको छ ।
दक्षिणी टर्की र उत्तरी सिरियामा व्यापक उद्धार कार्य जारी छ। उद्धारकर्ताहरूले पीडितहरूलाई बचाउन सक्दो प्रयास गरिरहेका छन्।
टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले विश्वका ७० भन्दा बढी देशबाट राहत र उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव आएको बताएका छन् । अर्दोनले सहयोग पठाउने वा प्रस्ताव गर्ने देशहरूलाई धन्यवाद दिए । -बीबीसी हिन्दी
सम्बन्धित
प्रतिक्रिया