आइतबार, जेठ ६, २०८१

१२ अंकले बढ्यो नेप्से दुई अर्ब ६ करोडको सेयर किनबेच

नेपालखोज २०७९ माघ २६ गते १५:२९

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन सात अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने १२ दशमलव ४५ अंकले बढेर २१ सय ८२ दशमलव ६३ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४२ अंकले बढेर चार सय १५ दशमलव ४२ अंकमा चढेको छ ।

आज दुई सय ५७ वटा कम्पनीहरुको ३५ हजार चार सय ५० पटकको कारोबारमा ५६ लाख ४८ हजार दुई सय १२ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ६ करोड २० लाख ५८ हजार सात सय ४९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा सामुहिक लगानी कोष समूहको सूचक शून्य दशमलव शून्य तीन अंकले घटेर बाँकी समूहहरुको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक चार दशमलव ३२ अंकले बढेर १४ सय पाँच दशमलव ९६ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ५६ दशमलव १४ अंकले बढेर तीन हजार आठ सय ९३ दशमलव १० अंकमा चढेको छ ।

जलबिद्युत समूहको सूचक २७ दशमलव १७ अंकले बढेर २७ सय ३८ दशमलव ४९ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि ९० दशमलव पाँच अंकले बढेर ११ हजार २१ दशमलव ६१ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ५१ दशमलव १९ अंकले बढेर नौ हजार चार सय ४० दशमलव ७६ अंकमा चढेकोमा फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज बाराही हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर ६ सय २७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नबिल व्यालेन्स फण्ड ३ को प्रतियुनिट सेयर मूल्य पाँच दशमलव ७५ प्रतिशतले घटेर सात रुपैयाँ ५४ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

प्रतिक्रिया