शुक्रबार, जेठ ४, २०८१

सिद्धार्थको २५ औं वार्षिकोत्सव उद्घाटन सम्पन्न

नेपालखोज २०७९ माघ २७ गते २०:२५

काठमाडौं । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सब मनाएको छ । रूपन्देहीको भैरहवामा निर्माण सम्पन्न गरी संचालनको अन्तिम तयारीमा रहेको पाँचतारे स्तरको सिद्धार्थ इन्टरनेशनल होटल परिसरमा औपचारिक कार्यक्रम आयोजना गरेर २५ औं वार्षिकोत्सब मनाएको हो ।

२५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए ।अर्थतन्त्र विकासको मुख्य आधार पर्यटन क्षेत्र भएको बताउँदै मुख्यमन्त्री गिरीले निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिकाको प्रशंसा गरे । उनले प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी गराए ।

पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सिद्धार्थ समूहले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए । पर्यटन उद्योगले आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले व्यवसाय संचालनका अनुकुल वातावरण सिर्जना गर्ने कुरालाई आफूले सँधै प्राथमिकतामा राखेको बताए ।

त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ समूहले पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे । गु्रपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले आफ्नो जन्मभूमि गुल्मीबाट आएर भ्रमण बर्ष १९९८ को सन्दर्भ पारी बि.स. २०५४ माघ २३ गतेका दिन टीकापुरमा खाजा पसलका रुपमा सुरु गरेको ब्यबसाय पाँच तारे होटलसम्म आइपुग्नुमा सबैको साझा मिहिनेतको प्रतिफल रहेको बताए । अन्य व्यबसायीलाई पनि उनले नेपाल पर्यटनको प्रचुर सम्भावना भएको देश भएकाले परिणामको आशा राखेर निराश नभइ मिहिनेत गर्न सुझाब पनि दिए ।

२५ औं वार्षिकउत्सबको अवसरमा प्रत्येक महिना लक्की ड्र गरेर हरेक शाकामा एक जना ग्राहकलाई २५ बर्ष अघिकै सुरुवाती मूल्य बराबर रू १०० मा होटलको रुम उपलब्ध गराउने छ,साताभरी देशै भरका शाखामा कतिपय प्याकेज मूल्यमा २५% सम्म छुट दिने लगायत सरसफाइ तथा स्वास्थ सिविर, वृद्धाश्रममा निःशुल्क भोजन लगायतका कार्यक्रमहरू समेत राखिएका छन् । समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफे, कृषी, ट्रेडिङ्, होटेल ब्याबस्थापन एकेडेमी गरी ३२ कम्पनी पुगेका छन्।

प्रतिक्रिया