मंगलबार, जेठ १, २०८१

टिकटकमा ट्रेन्डिङ्ग अर्नाकोे नयाँ गित

नेपालखोज २०७९ माघ २८ गते २०:२५

काठमाडौं । गित संगितलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको अर्ना बियरले आफ्नो नयाँ गित ‘पानी हैन मलाई अर्ना दे’ गत शुक्रबार सार्वजनिक गरेको छ ।

नेपाल हिपप् रेकर्ड्सले प्रस्तुत गरेको यो गित अर्ना सङ्ग कन्टेस्ट २०२२ को विजेता समेत बन्न सफल भएको थियो । १० लाख पुरस्कार राशीका विजेता बन्न सफल यस गितको म्यूजिक भिडियोमा आकर्षक र मनमोहक दृश्यहरु प्रस्तुत गरिएको छ ।

गत आइतबारदेखि सार्वजनिक भएको गितको हुक लाइन हाल टिकटकमा निकै नै चर्चामा रहेको छ । गीतमा रहेको मनमोहक बीटहरूमा टिकटकरहरुको उत्साहाजनक सहभागिताले यस गितलाई टिकटकको ट्रेन्डिङ्गको उचाईमा पुर्‍याएको छ ।

साधरण र बोलीचालीको शब्द प्रयोग गरी लेखिएको यो गित नाच्न रमाउने सबैका लागि उपयुक्त यस गितलाई तपाईंले अर्ना म्यूजिकको यूटूब च्यानल वा अर्ना बियरको सबै समाजिक संजालहरुमा सजिलै हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया