बिहीबार, जेठ ३, २०८१

राष्ट्र बैंकद्वारा पुुन: १८ अर्ब रुपैयाँको ट्रेजरी आह्वान

नेपालखोज २०७९ माघ २९ गते १४:१९


काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १८ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति भने फागुन दुई गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको सात अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ फागुन ३० गते, २०८० जेठ दुई गते र २०८० साउन ३० गते तोकिएका छन् ।

यि ट्रेजरीहरुमा आठ अर्ब रुपैयाँ बराबरको पुरानो नविकरण अन्र्तगतको रहेको छ भने १० अर्ब रुपैंयाँ बराबरको नयाँ रहेको छ ।
यसअघि यही माघ २३ गते पनि राष्ट्र बैकले २१ अर्ब १० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया