बुधबार, जेठ २, २०८१

सरकारले घटायाे चालु आर्थिक वर्षको बजेटको आकार

नेपालखोज २०७९ माघ २९ गते १६:१०

काठमाडाैं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारेका छन् । उनले बजेटको आकार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले घटाएका हुन् ।

आइतबार प्रतिनिधिसभामा मध्यावधि समीक्षाको जानकारी दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा चुनौती देखिएकाले खर्च कटौती गर्नुपरेको बताए ।

प्रतिक्रिया