शुक्रबार, जेठ ४, २०८१

आज यूट्यूबको जन्मदिन

नेपालखोज २०७९ फागुन २ गते १६:२७

काठमाण्डौं । फेब्रुअरी १४ को सम्झना साथ हामीलाई प्रेम दिवस वा भ्यालेन्टाइन डे“को याद आउँछ । फब्रुअरी १४ बिश्वमा अहिले चर्चित रहेको भिडियो पोर्टल यूट्यूबको पनि सुुरुवात भएको दिन हो ।

१८ वर्ष अगाडि सन २००५ मा तीन युवा स्टिव चेन, चाड हर्ले र जावेद करीम मिलेर खोलेका थिए । स्टीव ताइवान जन्मेका अमेरिकी थिए भने अमेरिकन थिए । जावेद भने बंगलादेशी नागरिक थिए । जावेद नै पहिलो व्यक्ति थिए, जसले यूट्यूबमा पहिलो भिडियो अपलोड गरे ।

उनले यूट्यूबमा राखेको पहिलो भिडियो “Me at the zoo” थियो । यी तीनजनाको भेट भने अनलाइन पैसा पठाउने PayPal मा भेट भएको थियोे ।PayPal लाई Ebay ले खरिद गरे पछि जागिर छोड्ने मनसायमा पुगेका यिनीहरु यूट्यूब मार्फत फेरि जोडिएका थिए ।

यूट्यूब सुरु हुनासाथ यसमा हेर्नेहरुको संख्या ह्वात्तै बढ्न थाल्यो । यो देखेर गुगलले किन्नको लागि मोलमोलाइ गर्न थाले । अन्तत केवल २० महिना नहुदै १.६५ बिलियन डलरमा गुगललाई बिक्री गरे ।

यूट्यूब अहिले कतिपय नेपालीहरुको पनि कमाइ खाने भाँडो भएको छ । चाहिने नचाहिने जस्ता पनि सामग्री राखेर दर्शक बढाउने र पैसा कमाउने धन्दामा लागेका छन् । संस्थागत समाचार प्रसारण गर्ने संस्था भन्दा यूट्यूबरहरुले समाचारका वास्तविकता समेत बङ्ग्याउने र गलत समाचार प्रचार गर्ने समेत देखिएको छ ।

प्रतिक्रिया