आइतबार, जेठ ६, २०८१

गन्तव्यमा नपुगेको प्रेम

नेपालखोज २०७९ फागुन २ गते १६:५८

आज नोभेम्बर १४ अर्थात् भ्यालेन्टाइन डे विश्वभर हर्षोल्लासका साथ मनाइँदैछ । यसक्रममा कोही आफ्नो प्रेम व्यक्त गरिरहेका छन् त कोही आफ्ना भ्यालेन्टाइनलाई उपहार दिइरहेका छन् । यससँगै हामी बलिउडका केही यस्ता प्रेमकथा सुनाउँदैछौं । जुन निकै चर्चित भए तर गन्तव्यमा पुग्न सकेनन् ।

सबैभन्दा पहिले सलमान खान र ऐश्वर्या रायको कुरा गरौं । फिल्म ‘हम दिल दे चुके सनम’ को सुटिङका ​​क्रममा सलमान र ऐश्वर्या एक-अर्काको नजिक आएका थिए । चाँडै नै दुबैको प्रेम कथा समाचारको हेडलाइन बन्न थाल्यो । हुन पनि उनिहरु दुवै प्राय सँगै देखिन्थे । ३–४ वर्ष डेटिङ गरेपछि उनीहरुको ब्रेकअप भयो । सम्बन्ध टुटेपछि दुवैले एकअर्कामाथि विभिन्न आरोप पनि लगाए । आज पनि हरेक प्रेम चर्चामा उनीहरुको प्रेमको कथाको प्रसङ आउँछ ।

अमिताभ बच्चन र रेखाको प्रेमकथा पनि अधुरो रह्यो । उनिहरुले पहिलो पटक ‘ दो अन्जाने मे ’ मा सँगै काम गरेका थिए । यो फिल्मपछि रेखा बिग बीको पछाडि पागल भइन् र बिस्तारै दुवै नजिक हुन थाले । त्यसपछि दुवैको जोडीलाई पर्दामा पनि मन पराईन थाल्यो । दुवैको प्रेमकथा बलिउडमा चर्चाको विषय बनेको थियो । यद्यपि जया बच्चनले आफ्नो घर जोगाइन् तर, आज पनि जब रेखाको कुरा आउँछ, कतै न कतै बिग बी सँगको उनको प्रेमको पनि उल्लेख हुन्छ ।

शत्रुघ्न सिन्हा र रीना रोयको अधुरो प्रेम कहानी सबैलाई थाहा छ । सँगै फिल्ममा काम गर्ने क्रममा उनीहरुको प्रेम सुरु भयो । उनिहरु दुबै एकअर्काका लागि मर्न तयार थिए । यसबीच शत्रुघ्नको भेट पुनम सँग भयो । भनिन्छ, रीना कुनै कामका लागि विदेश गएपछि शत्रुघ्नले पूनमसँग विवाह गरे । यद्यपि त्यसपछि पनि उनले रीनालाई बिर्सन सकेनन् । रीनाले उनलाई विवाह गर्न दबाब पनि दिएकी थिइन् । तर उनी आफ्नी श्रीमतीलाई छोड्न चाहँदैन् थिए । समय क्रममा शत्रुघ्न रीनासँग टाढा भए। दुबैको प्रेमकथा आज पनि सम्झना गरिन्छ ।

अब दिलीप कुमार र मधुबालाको कुरा गरौं । उनिहरु दुवैबीच अथाह प्रेम थियो तर मधुबालाका बुबालाई दिलिप कुमारसँग छोरीको सम्बन्ध मन परेको थिएन । भनिन्छ , बुबाको आग्रहका कारण मधुबालाले आफ्नो प्रेम त्याग गर्दै दिलीप कुमार सँग अलग भइन् । अहिले उनिहरु दुबै यो संसारमा छैनन् ।

देव आनन्द र सुरैयाको प्रेमकथा आज पनि संझना गरिन्छ । एउटा फिल्मको सुटिङका ​​क्रममा सुरैयाको ज्यान खतरामा परेपछि देव आनन्दले उनलाई बचाएका थिए । त्यसपछि देव आनन्दले सुरैया समक्ष आफ्नो प्रेम व्यक्त गरेका थिए । यता सुरैयाकी हजुरआमाले यो सम्बन्धलाई स्वीकार गरिनन , कारण थियो हिन्दू–मुस्लिम । कुरा यति बिग्रियो कि सुरैयाकी हजुरआमाले देव आनन्दलाई पुलिस लगाईदिने धम्की समेत दिइन् । त्यसपछि दुवैले सँगै फिल्म गर्न छोडे र एक-अर्का सँग अलग भए । देव आनन्दले कल्पना कार्तिकसँग विवाह गरेका थिए तर सुरैया आफ्नो मृत्युसम्म कुमारी नै रहिन ।

नर्गिस र राज कपूरको प्रेमकथालाई पनि भुल्न सकिँदैन । विवाहित भए पनि राज कपूरको मन नरगिसमा थियो । नर्गिसले पनि उनलाई माया गर्न थालिन् । अवस्था यहाँसम्म पुग्यो कि राज कपुरले आफ्नो हरेक फिल्ममा नर्गिसलाई कास्ट गर्थे । यद्यपि अन्य प्रेमकथा जस्तै उनको कथा पनि अधुरै रह्यो । वास्तवमा, नरगिस राज कपूरसँग विवाह गर्न चाहन्थिन् तर राज कपुर आफ्नी श्रीमती र बच्चाहरूलाई छोड्न तयार थिएनन् । जब नरगिसलाई यो कुरा थाहा भयो तब उनले राज कपूरसँगको सम्बन्ध तोडेर सुनील दत्तसँग विवाह गरिन् ।

प्रतिक्रिया