आइतबार, वैशाख २३, २०८१

प्रदेश सरकार स्थापना दिवसमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा

नेपालखोज २०७९ फागुन ३ गते ७:१२

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार स्थापना दिवस मनाउने भएको छ । बुधबार दिउँसो राप्ती उपत्यका देउखुरीमा औपचारिक समाराेहकाे आयाेजना गरेर दिवस मनाउन थालेकाे हाे ।

२०७४ साल फागुन ३ गते लुम्बिनीमा पहिलो पटक सरकार गठन भएको थियाे। याे पाँच वर्षकाे अवधिमा प्रदेशमा तीनवटा सरकार बनेका छन्। मुख्यमन्त्री लीला गिरीले प्रदेशमा १० मन्त्रालय बनाएका छन् ।

मंगलबार बसेकाे प्रदेश मन्त्रिपरिषद्काे बैठकले प्रदेश सरकार स्थापना दिवसलाई भव्य बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले बताए । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया