आइतबार, जेठ ६, २०८१

प्रियंका कार्कीकी सासुले गरिन् इन्गेजमेन्ट

नेपालखोज २०७९ फागुन ३ गते १२:३३

काठमाडौं । मेगा बैंककी निवर्तमान कायममुकायम कार्यकारी अधिकृत (सिईओ) रविना देशराजले प्रेम दिवसको अवसरमा प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् ।

उनले मेगा बैंक छाडेको केही दिन मात्रै हुँदैछ । लामो समयअघिबाट प्रेम सम्बन्धमा रहेकी उनले स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् ।

आफूले प्रेमलाई इन्गेजमेन्टमा परिणत गरेको भन्दै सामाजिक संजालमा तस्बीर राख्दै जानकारी दिएकी छिन्।

इन्टाग्राम अकाउन्टमा प्रेमीसँगको फोटो सेयर गर्दै उनले भनेकी छन्, ‘आई सेड येस टु द म्यान आई ह्याव वेटेड फर फरइभर।’ अर्थात, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानको प्रस्तावलाई स्वीकार गरेँ।’रविना नायिका प्रियंका कार्कीकी सासु तथा नायक आयुशमान देशराज जोशीकी आमा हुन् ।

प्रतिक्रिया