शनिबार, वैशाख २२, २०८१

एनएमबि लघुवित्तको व्यवसायिक रणनीति तथा व्यवस्थापन तालिम

नेपालखोज २०७९ फागुन ३ गते १६:१३

पाेखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रदेश नं। ३ धुलिखेल प्रादेशिक कार्यालय अन्तर्गतका विभिन्न २२ वटा शाखाका शाखा प्रमुख र कर्मचारीहरुलाई लक्षित गरी २ दिने शाखा सञ्चालन, सम्पत्ति शुद्धीकरण र व्यावसायिक रणनीति व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

लघुवित्त वित्तीय संस्थाले यो तालिम पहिलो चरणमा गत माघ २७ र २८ गते होटल अरनिको, धुलिखेल काभ्रेमा र दोस्रो चरणमा फागुण २ र ३ गते त्रिशुली रिभरसाइड रिसोर्ट, मलेखु, धादिङमा आयोजना गरेको हो । तालिममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी, विभागीय प्रमुख भुवनेश्वर फुलारा, प्रदेश नं।३ अन्तर्गतको धुलिखेल प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख महेश पाठक, क्षेत्रीय प्रबन्धक मनोन कुमार घर्ति र सोही प्रादेशिक कार्यालय अन्तगर्तका २२ वटा शाखाका शाखा प्रबन्धक र कर्मचारी गरी करिब ७० जनाको सहभागिता रहेको लघुवित्तले जनाएको छ ।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत जैशी, शाखा सञ्चालन तथा सामान्य सेवा विभाग प्रमुख फुलारा र धुलिखेल प्रादेशिक कार्यालयको प्रादेशिक प्रमुख पाठकले सहभागीलाई प्रशिक्षण दिएका थिए । सो अवसरमा शाखा सञ्चालन(केन्द्र बैठक व्यवस्थापन, सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधि नियन्त्रण, खरिद प्रक्रिया, फर्मरफरम्याटहरुको कार्यान्वयन, भाखा नाघेको कर्जा व्यवस्थापन सम्बन्धी तालिम दिइएको थियो ।

यसबाहेक कर्जा जोखिम तथा असुली सम्बन्धी रणनीतिहरु, ग्राहक पहिचान तथा बचत खाता व्यवस्थापन, केवाइसी केवाइसीएमएस एनएमबीएमएफ एमपासबुक, व्यावसायिक रणनीति(कृषिमा आधारित नयाँ कर्जा प्रोडक्ट सम्बन्धी विषय, उत्प्रेरणा, आन्तरिक नियन्त्रण प्रणाली र ग्राहक सदस्यहरु सँग गर्ने व्यावसायिक व्यवहार तथा सम्बन्ध लगायत विषयवस्तुमा प्रशिक्षण दिइएको थियो ।

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले तालिममा सहभागी सबै शाखाका शाखा प्रबन्धक र कर्मचारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै अन्य प्रदेश अन्तर्गतका सबै प्रादेशिक कार्यालयमा पनि २ दिने शाखा सञ्चालन, सम्पत्ति शुद्धीकरण र व्यावसायिक रणनीति व्यवस्थापन तालिम सञ्चालन भैरहेको विभागीय प्रमुख फुलाराले जानकारी दिए ।

पोखरा महानगरपालिका वडा नं। २५ हेम्जा, कास्कीमा केन्द्रीय कार्यालय र ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापना गरी ६८ जिल्लामा १४८ वटा शाखा विस्तार गरेर १ लाख २० हजार हाराहारी विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया