शनिबार, वैशाख २२, २०८१

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा छात्रबृत्ति प्रदान

नेपालखोज २०७९ फागुन ४ गते १४:३४

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले काठमाडौंको मिनभवनस्थित विश्व शान्ति बिहारमा रहेको विश्व शान्ति बौद्ध शिक्षालयमा भिक्षु शिक्षामा अध्ययनरत १० जना विद्यार्थीहरुको लागि प्रति विद्यार्थी बार्षिक १२ हजारको दरले एक लाख २० हजार रुपैयाँ बराबरको छात्रबृत्ति प्रदान गरेको छ ।

कम्पनीले गत माघ २२ गते निधन भएका आफ्ना संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको १२ औं दिनको पुण्यतिथिका अवसरमा उनको स्मृतिमा उक्त छात्रबृत्ति प्रदान गरेको हो ।

उक्त कार्यक्रममा एक घण्टासम्म स्व.राणाको जीवनी, उनले देशलाई पुर्याएकाे भएको योगदानको चर्चा गर्नुको साथै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै बौद्ध धर्मगुरु तथा भिक्षुहरुले उनको गुणहरुको सम्झना गर्दे गुणानुस्मृति र परित्राण पाठ गर्दै अन्त्यमा पुण्यानुमोदन गरे ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष मनोहर दास मुल, सञ्चालक विश्वराज रेग्मी, पूर्व सञ्चालक शंकर घिमिरे, प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान लगायतका कम्पनीका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया