आइतबार, वैशाख १६, २०८१

होन्डा सिटीको नयाँ फेसलिफ्टेड संस्करण

नेपालखोज २०७९ फागुन ५ गते १२:२९

काठमाडाैं । जापानी कार निर्माता कम्पनी होन्डाले चाँडै नै चौथो पुस्ताको सिटी सेडानको फेसलिफ्टेड संस्करण बजारमा लन्च गर्ने भएको छ। एसीआईका अनुसार सिटी फेसलिफ्ट मार्च २ देखि शोरुमहरूमा प्रदर्शन गरिनेछ, त्यसपछि यसको टेस्ट ड्राइभ मार्च ३ बाट सुरु हुनेछ । अध्यावधिक गरिएको यो कारको मूल्य पनि बढाइने भएको छ । २०२० मा चौथो जेनरेशनको होन्डा सिटी लन्च गरिएको थियो ।


नयाँ होन्डा सिटी फेसलिफ्टको परीक्षण सम्पन्न भैसकेको छ । होन्डा सिटीलाई स्पोर्टी सेडान भन्दा पनि प्रिमियम पारिवारिक कारको वर्गमा राखिएको छ । होन्डा सिटी ले नयाँ बम्पर सहित हल्का अपडेटहरू प्राप्त गर्ने अपेक्षा गरिएको छ । यस बाहेक यसमा कनेक्टेड कार टेक्नोलोजी, वायरलेस चार्जर जस्ता केही सुविधाहरू पनि उपलब्ध हुनेछन् ।

होन्डाले फेसलिफ्टेड संस्करणमा डुअल टोन ब्लाक र बेज लेदरको अपहोल्स्ट्री कायम राख्ने सम्भावना छ । नयाँ होन्डा सिटी फेसलिफ्टमा टु पावरट्रेन विकल्प दिइने बताईएको छ।

प्रतिक्रिया