आइतबार, वैशाख २३, २०८१

सांसद भण्डारीको दोस्रो ड्रेसिङ सकियो

नेपालखोज २०७९ फागुन १२ गते ७:०१

काठमाण्डौँ । ग्याँस दुर्घटनामा गम्भिर घाइते बनेर भारतको नेश्नल बर्न सेन्टरमा उपचारत प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको दोस्रो ड्रेसिङ सकिएको छ ।

स्वास्थ्यमा सुधार आएको उनको शुक्रबार विहान दोस्रो पटक ड्रेसिङ गरिएको उपचारमा संलग्न डा. स्मृतिले जनाएकी छिन् । उनका अनुसार घाउ स्वस्थ रहेको र शरिरले ग्राफ्टलाई राम्रोसँग प्रतिक्रिया दिइरहेको कुनैपनि किसिमको जोखिम छैन् ।

डढेको घाउमा उच्च इन्फेक्सनको प्रवल संभावना रहने हुँदा अस्पतालले भेटघाटलाई बन्देज लगाएको मुम्बइबाट सांसद भण्डारीका दाजु मिन भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया