शनिबार, जेठ ५, २०८१

बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो

नेपालखोज २०७९ फागुन १३ गते २१:३४

काठमाण्डौं । बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले आज साँझ ८ः०० मा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष उनको निवासमा संयुक्तरूपमा राजीनामा बुझाएका हुन ।

उनले पार्टीको निर्णयानुसार भन्दै राजीनामा दिइएको बताए । मुख्यमन्त्री निवासमा राप्रपाका थापासँगै पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले पनि राजीनामा दिएका छन्।

प्रतिक्रिया