शनिबार, जेठ ५, २०८१

नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन १३ गते २२:१८

प्रधानमन्त्री दाहाललाई बुझाए राप्रपाका मन्त्रीहरुले राजीनामा ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको उम्मेदवारी ।

राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय ।

एमालेले राष्ट्रपति उम्मेद्वार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र ।

बागमती प्रदेशमा राप्रपा सरकारबाट बाहिरियो ।

केन्द्रको समीकरण फेरिएसँगै गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार संकट ।

चितवन २ को उपचुनावका लागि उम्मेदवार छान्ने अधिकार देउवालाई ।

सांसद सहनाज रहमानको निधनमा जनता समाजवादी पार्टी नेपालले आधा झण्डा झुकाउने ।

जसपामा उपराष्ट्रपति उम्मेदवारबारे छलफल सुरु ।

आगामी आर्थिक वर्षका लागि सोह्र खर्ब अठासी अर्बको बजेट सीमा तोकियो ।

दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रिता थापामगर सर्वसम्मत ।

आईसीसी यू १९ पुरुष विश्वकप : नेपालको लगातार दोस्रो जित ।

प्रतिक्रिया