आइतबार, जेठ ६, २०८१

आज राष्ट्रिय सभाको बैठक बस्दै : यस्ता छन् सम्भावित कार्यसूची

नेपालखोज २०७९ फागुन १४ गते ७:००

काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

सोहीअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्टिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्यांकन प्रतिवेदन २०७९ सभासमक्ष पेश गर्ने बताइएकाे छ ।

प्रतिक्रिया