आइतबार, जेठ ६, २०८१

टर्की भूकम्प : कमजोर भवन निर्माण गरेको आरोपमा ६०० भन्दा बढीमाथि अनुसन्धान, कैयौं पक्राउ

नेपालखोज २०७९ फागुन १४ गते १४:३०

टर्की । टर्की सरकारले फेब्रुअरी ६ को भूकम्पमा भत्किएका मापदण्ड बिपरितका भवनहरूका लागि अहिले ६०० भन्दा बढी जिम्मेवार व्यक्तिको खोजी भइरहेको जनाएको छ । न्याय मन्त्री बेकिर बोजडागका अनुसार भवन निर्माण ठेकेदार तथा मालिकहरू सहित १ सय ८४ जना संदिग्धलाई पहिले नै पक्राउ गरिसकिएको छ ।

टर्कीमा वर्षौंदेखि विज्ञहरूले धेरै नयाँ भवनहरू भ्रष्टाचार तथा सरकारी नीतिहरूका कारण असुरक्षित भएको चेतावनी दिँदै आएका थिए तर त्यसलाई बेवास्ता गरिएको थियो । टर्की र सिरियामा गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि मृत्यु हुनेहरुको संख्या ५० हजार नाघिसकेको छ । दुई हप्ता अघि अधिकारीहरूले दिएको जानकारि अनुसार उनीहरूले त्यस्ता ११३ व्यक्तिहरू विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेका छन् ।

टर्कीका मिडियाका अनुसार पक्राउ पर्नेमा एक सहरका मेयर पनि छन् जुन भूकम्प प्रभावित क्षेत्रको सबैभन्दा नजिकको सहर हो । भूकम्पमा परि टर्कीमा १६ हजारभन्दा बढी भवन ध्वस्त भएका छन् । यता विपक्षी दलहरूका साथै निर्माण विज्ञहरूले राष्ट्रपति रेसेप तैयपको सरकारले नियमहरूमा खुकुलोपन देखाएको आरोप लगाएका छन् भने सरकारलाई यो जनधनको क्षतिको जिम्मेवार बताईरहेका छन ।

प्रतिक्रिया