शनिबार, जेठ ५, २०८१

किशोरीहरुलाई बन्धक बनाएर यौन दूर्व्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ

नेपालखोज २०७९ फागुन १४ गते १५:०७

ललितपुर । किशोरीहरुलाई बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मिङलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाउने र यौन दूर्व्यवहारका घटना भइरहेको सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले उनलाई पक्राउ गरेको हो ।

बन्धक बनाइएका ५ जना किशोरीहरुलाई ललितपुरको गोंगटीबाट शनिबार नै टोली उद्धार गरेको छ । आरोपीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया