शनिबार, जेठ ५, २०८१

पाँच अंकले नेप्से बढ्दा दुई अर्ब ५२ करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन १४ गते १५:३८


काठमाडौं । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से बढेको छ । कारोबार खुलेदेखि नै ५० अंक भन्दा बढीले घटेको नेप्से अन्तिम समयमा आएर सम्हालिएको छ । सो अनुसार नेप्से आज चार दशमलव ५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक् भने शुन्य दशमलव २८ अंकले घटेर तीन सय ८४ दशमलव आठ अंकमा सिमित भएको छ ।

नेप्सेमा आज दुई सय ६२ वटा कम्पनीहरुको ५० हजार पाँच सय ३२ पटकको कारोबारमा ६५ लाख १५ हजार आठ सय ५२ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ५२ करोड ५० लाख ७१ हजार आठ सय छ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सुचक बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ९१ अंकले घटेर १३ सय २२ दशमलव ६० अंकमा झरेको छ । जीवन बीमा समूहको सूचक पनि १३ दशमलव ९६ अंकले घटेर १० हजार एक सय ९० दशमलव ४८ अंकमा झरेको छ । यि बाहेक उत्पादमुलक, सामुहिक लगानी कोष र टे«डिङ समुहहरुको सुचक पनि घटेका छन् ।

बिकास बैंक समुहको सुुचक भने ३० दशमलव २० अंकले बढेर तीन हजार छ सय ६७ दशमलव ३३ अंकमा चढेकोमा जलबिद्युत समूहको सुचक पनि १८ दशमलव ८८ अंकले बढेर २५ सय ७५ दशमलव ३४ अंकमा चढेको छ । निर्जिवन बीमा समुहको सूचक पनि २७ दशमलव ५९ अंकले बढेर आठ हजार नौं सय पाँच दशमलव ९२ अंकमा चढेकोमा फाईनानस, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य समुहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज बिजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ९४ प्रतिशतले बढेर आठ सय ५० रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सिटिजन्स म्युचुअल फण्ड-१ को प्रतियुनिट सेयर मुल्य सात दशमलव ८५ प्रतिशतले घटेर सात रुपैयाँ ७५ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता २३ सय ३० रुपैयाँ अन्तिम मूल्यमा १० करोड ५८ लाख ७० हजार ९७ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया