शनिबार, जेठ ५, २०८१

राष्ट्र बैंकद्वारा पुनः १५ अर्ब १३ करोड रुपैयाँँको ट्रेजरी आव्हान

नेपालखोज २०७९ फागुन १४ गते १६:०८

काठमाडौ । नेपाल राष्ट्र बैंकले पुनः १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने फागुन १६ गते तोकिएको टे«जरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल टे«जरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि टे«जरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ चैत्र १४ गते, २०८० जेठ १६ गते र २०८० फागुन १५ गते तोकिएका छन् । यि टे«जरीहरु बिलहरुमा तीन सय ६४ दिने अवधिको सात अर्बको नयाँ रहेको छ भने बाँकी पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।

यसअघि यही फागुन आठ गते पनि राष्ट्र बैकले सात अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया