शनिबार, जेठ ५, २०८१

रिहा भए नायक पल शाह

नेपालखोज २०७९ फागुन १५ गते १२:२०

काठमाडौं । नेपाली चलचित्रका नायक पल शाह सोमबार तनहुँ जिल्ला कारागारबाट रिहा भएका छन् । पलका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलमोल वाग्लेका अनुसार कानुनी प्रक्रिया पूरा गरी उनी रिहा भएका हुन् ।

गत वर्ष पलविरुद्ध नाबालिगलाई बलात्कार गरेको किटानी जाहेरी परेको थियो । त्यसपछि उनले गत वर्षको फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

प्रतिक्रिया