शनिबार, जेठ ५, २०८१

शिल्पाले जितिन् मुद्दा, छविकाे आधा सम्पत्ति पाउने

नेपालखोज २०७९ फागुन १५ गते १३:०६

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने फैसला सुनाएको छ भने उनीहरूको डिभोर्स पनि टुंग्याइदिएको छ ।

शिल्पाले छविसँग सम्वन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा हिजो फैसला सुनाउँदै अदालतले छविको सम्पत्ति उनले आधा पाउने फैसला गरेको हो । शिल्पासँग सम्बन्धमा रहँदासम्म छविलाई लागेको ऋण पनि आधा शिल्पाले व्यहोर्नुपर्ने अदालतको फैसला छ ।

प्रतिक्रिया