शुक्रबार, चैत १६, २०८०

विभिन्न स्वादको फाइदा-बेफाइदा

नेपालखोज २०७९ फागुन १६ गते ७:१३

स्वस्थ रहनका लागि सन्तुलित आहाराको आवश्यकता पर्छ । आयुर्वेदका अनुसार छ किसिमका खानेकुरा हाम्रो आहारामा उचित मात्रामा समावेश गर्ने हो भने पनि डिप्रेसन र जोर्नी दुख्ने जस्ता समस्याहरु समाधान हुन्छन् । यससँगै रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

हाम्रो शरीरका हरेक अंग एक अर्कासँग जोडिएका हुन्छन । यी अंगहरूको कामलाई सक्रिय राख्दा हाम्रो मस्तिष्क स्वस्थ रहन्छ र शरीरलाई यसको सबै क्रियाकलापका लागि संकेत दिन्छ । जब यो सम्पूर्ण प्रक्रिया गलत हुन्छ तब हामी रोगहरुबाट ग्रस्त हुन्छौं । आयुर्वेदका अनुसार यी ६ स्वादका खानाले हामीलाई रोगबाट टाढा राखेर स्वस्थ बनाउँछन ।

गुलियो : कार्बोहाइड्रेट, फ्याट र प्रोटिनयुक्त खाना गुलियो वा मीठो वर्गमा आउँछ । यसक‍ सामान्य मात्रामा प्रयोग गर्नाले शरीरमा उर्जा उत्पन्न हुन्छ र पाचन, छाला, पेट र कपाल सम्बन्धी रोग निको हुन्छ । यसले शरीरको तापक्रम सामान्य राख्छ । स्रोत : फलफूल, दूध, घिउ, चामल, काकडी, गाजर, चुकन्दर, खजूर, नरिवल तथा गहुँ ।

साइड इफेक्ट : यसको अत्याधिक सेवनले मधुमेह, मोटोपन , घाँटी दुख्ने र शरीरमा विषाक्त पदार्थ बन्ने जस्ता समस्या निम्त्याउँन सक्छ ।

अमिलो (एसिड) : यसले भोक बढाउँछ, पाचनमा सुधार ल्याउँछ र श्वासप्रश्वाससम्बन्धी रोग निको पार्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ । स्रोत : अमला, सिरका, इमली, टमाटर, कागती, दही, बयर , अचार आदि । साइड इफेक्ट : अपच, एसिडिटी, छातीको जलन तथा अल्सर जस्ता रोग लाग्न सक्छ ।

नुनिल‍ो : यसको सीमित मात्रामा सेवन गर्नाले शरीरमा पानी भरिन्छ र ऊर्जाको स्तर कायम रहन्छ । यसले भोक बढाउँछ र पाचनमा सुधार ल्याउँछ । स्रोत : नुन प्राकृतिक रूपमा सबै प्रकारका नुन, अचार, प्रशोधित खाना, सोया सस तथा तरकारीहरूमा पाइन्छ। साइड इफेक्ट : उच्च रक्तचाप, सुन्निने, कपाल पहेंलो हुने, अल्सर, छालासम्बन्धी रोग तथा एसिडिटी हुन सक्छ । तितो : यो खान हलुका र सुख्खा हुने भएकाले पाचन तथा रक्तसञ्चार स्वस्थ रहन्छ । यसले शरीरमा बोसो जम्मा हुन रोक्छ र साइनस मार्गहरू खोल्छ । यसले हाम्रो मेटाबोलिज्मलाई सुधार गर्छ ।

स्रोत : प्याज, लसुन, मूला, अदुवा । साइड इफेक्ट : अपच, पेट फुल्ने, एसिडिटी, छाती जलन, बारम्बार तिर्खा, वाकवाकी, पखाला तथा कमजोरी ।

तीतो : रगत शुद्धीकरणका साथै मोटोपन , ज्वरो , फोक्सोको रोग , छालामा दाग र चक्कर आउने जस्ता समस्यामा तितो खानेकुरा निकै फाइदाजनक हुन्छ । स्रोत : करेला, बेसार , पालग । साइड इफेक्ट : अनिद्रा, पेटक‍ो खराबि तथा जोर्नीको दुखाइ । एस्ट्रिन्जेन्ट : यसले सूजन हटाएर चिनीको मात्रा सामान्य राख्छ । स्रोत : फलफूल , त्रिफला, दाल, आँप । हानि : कब्जियत, पाचनमा गडबडि तथा रक्त संचालनमा अवरोध।

सावधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री समान्य जानकारि तथा परम्परागत मान्यतामा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक हुनसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया