शनिबार, जेठ ५, २०८१

मार्च महिनाका हिन्दी सिनेमा

नेपालखोज २०७९ फागुन १७ गते ७:३७

तू झुठी मैं मक्कर : रणवीर कपूर र श्रद्धा कपूर स्टारर फिल्म ‘तू झुठी मैं मक्कर’ मार्च ८ अर्थात होलीको दिन रिलिज हुँदैछ । यी दुवै कपुरले सँगै काम गरेको यो पहिलो चलचित्र हो । फिल्मको ट्रेलर रिलिज भैसकेको छ भने अब दर्शक फिल्मको प्रतिक्षामा छन् ।

शुभ निकाह : चलचित्र शुभ निकाह मार्च १० मा रिलिज हुँदैछ । यसमा अक्षय पर्दासानी, पंकज बेरी, गोविन्द नामदेव जस्ता कलाकारले अभिनय गरेका छन् । ‘शुभ निकाह ’ एक अर्काभन्दा फरक समुदायका केटा – केटीको विवाहमा आधारित छ । अरशद सिद्दीकी द्वारा निर्देशित यो फिल्म भूपेन्द्र सिंह सन्धु र अर्पित गर्गले निर्माण गरेका हुन् ।

मिसेस चटर्जी भर्सेस नर्वे : रानी मुखर्जीको फिल्म मिसेस चटर्जी भर्सेस नर्वे मार्च १७ मा रिलिज हुँदैछ । आशिमा छिब्बरले निर्देशन गरेको यो चलचित्र सत्य घटनामा आधारित छ । रानी यसमा आमाको भूमिकामा देखिनेछिन् ।

२४ मार्च : राजकुमार राव र भूमि पेडनेकर अभिनित फिल्म २४ मार्च पनि हलमा रिलिज हुँदैछ । अनुभव सिन्हा निर्देशित यो फिल्म २४ मार्च देखि नै हेर्न सकिनेछ । यो चलचित्रमा आशुतोष राना तथा दिया मिर्जाले पनि अभिनय गरेका छन् ।

भोला : अजय देवगनको फिल्म भोलाको ट्रेलर सार्वजनिक भैसकेको छ । उक्त ट्रेलर निकै प्रभावशाली थियो । यो चलचित्रमा तब्बु, सञ्जय मिश्रा तथा मकरन्द देशपाण्डे पनि छन् । चलचित्र भोला मार्च २९ मा रिलिज हुनेछ ।

प्रतिक्रिया