बिहीबार, वैशाख २०, २०८१

सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत बोनस शेयर घोषणा

नेपालखोज २०७९ फागुन १७ गते १६:२६

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर घोषणा वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८–८० को नाफाबाट शेयरधनीहरुलाई उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज प्रक्रियामा गएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट २०७८ चैत १२ गतेबाट एकीकृत कारोबार गरेको थियो ।

कम्पनीका अनुसार २ वर्षसम्म लाभांशमा कर छुट हुने र कर प्रयोजनका लागि कर बापतको नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस शेयर वितरण गर्ने छ ।

प्रतिक्रिया