शनिबार, वैशाख २२, २०८१

नव निर्वाचित अध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप, सदस्यहरुक‍ो सामूहिक राजीनामा

नेपालखोज २०७९ फागुन १९ गते ६:४५

काठमाडाैं । चलचित्र पत्रकार संघको निर्वाचन सम्पन्न भएको भोलिपल्टै यसका केही सदस्यहरुले संस्थासँगको आफ्नो आबद्धता तोडेका छन् ।

उनीहरुले भनेका छन्, ‘हामी निम्न उल्लेखित सदस्यहरू विगत लामो समयदेखि चलचित्र पत्रकार संघमा आबद्ध छौँ तर मिति २०७९ साल फागुन १७ गते संघको २३औँ साधारणसभामार्फत् अध्यक्षमा विजयी समीर बलामीको नेतृत्वमा हामी संघको साधारण सदस्यसमेत रहन असमर्थ छौँ ।’

राजीनामा दिनेहरुमा पुष्प थपलिया, संगीता गिरी, सुशील पौडेल, प्रदीप कार्की, विशाल राई, प्रकाश ढकाल, रीना मोक्तान, गणेश वली, लोकेन्द्र राउत, अनिल यादव, चिरञ्जीवि सापकोटा, सुशील नेपाल, लक्ष्मी बलायर, बैकुण्ठराज पराजुली, स्वेच्छा राउत, सविन ढकाल र संगीता श्रेष्ठ छन् ।

बुधबार सम्पन्न संस्थाको २३औं साधारण सभाले नयाँ कार्यसमिति निर्वाचित गरेको एकदिनपछि यी सदस्यको राजीनामा आएको हो । उक्त सभाबाट समीर बलामी अध्यक्षमा निर्वाचित भएका थिए ।

तर, संस्थाकी एक साधारण सदस्यविरुद्ध यौन दुव्र्यवहारको मुद्दामा संघ आफैले अनुसन्धान गरिरहेको व्यक्तिको नेतृत्व आफूहरुलाई स्वीकार्य नभएको ती सदस्यको पत्रमा उल्लेख छ । अध्यक्षको उम्मेदवारी दिँदा समेत यसबारे विरोध गरेको उनीहरुले जनाएका छन् ।

उनीहरुले यौन दुव्र्यवहारको आक्षेप लागेर मुद्दा किनारा नलागिसकेको अवस्थामा बलामीकै नेतृत्वमा संघमा बस्न असुरक्षित, असहज र नैतिकरुपमा सकसको अवस्था भएकाले राजीनामा पेस गरेको जनाएका छन् ।

प्रतिक्रिया