इन्टरनेटमा प्रतिबन्ध, भारत फेरि शीर्षमा

नेपालखोज २०७९ फागुन १९ गते ८:००

भारत । इन्टरनेटमा प्रतिबन्ध लगाउने देशमा भारत शीर्ष स्थानमा छ । यो सूचीमा भारत लगातार पाँच वर्षदेखि पहिलो स्थानमा रहदै आएको छ । न्यूयोर्कस्थित संस्था ‘एक्सेस नाउ’ ले तयार पारेको सूचीमा दोस्रो र तेस्रो स्थानमा कुन देश छन त ?

सन् २०२२ मा पनि भारतले इन्टरनेटमा अधिकतम प्रतिबन्ध लगाएको थियो। विश्वमा इन्टरनेट बन्द गरिएका १८७ वटा घटना मध्ये ८४ वटा घटना भारतमा भएका छन् । भारतमा सबैभन्दा बढी प्रतिबन्ध भारतीय शासित कश्मीर क्षेत्रमा लगाइएको थियोे । त्यहाँ ४९ पटक इन्टरनेट बन्द गरियो । १६ पटक त्यहाँ तीन दिन लामो इन्टरनेट कर्फ्यू लगाईयो । भारत यो सूचीको शीर्षमा छ यद्यपि २०१७ पछि पहिलो पटक भारतमा इन्टरनेट बन्द हुने घटना एक सय भन्दा कम भएको छ ।

युक्रेन दोस्रो नम्बरमा : रुससँगको युद्धका क्रममा युक्रेनमा २२ पटक इन्टरनेट बन्द गरिएको थियोे । २४ फेब्रुअरी २०२२ मा भएको रुसी आक्रमण पछि युक्रेन यो सुचिमा आएको हो ।

तेस्रो नम्बरमा इरान : इरान यो सूचीको तेस्रो नम्बरमा छ जहाँ २०२२ मा ठूलो सरकार विरोधी प्रदर्शन भएको थियो । इरानमा १८ पटक इन्टरनेट बन्द हुने घटना भएको बताईन्छ ।

प्रतिक्रिया