शनिबार, वैशाख २२, २०८१

शाहरुख खानको बंगला मन्नतमा दुईजना अनधिकृत रुपमा प्रवेश

नेपालखोज २०७९ फागुन १९ गते ८:२०

काठमाडाैं । बलिउड अभिनेता शाहरुख खानको बंगला मन्नतमा दुईजना बिना जानकारी प्रवेश गरेको खबर छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई प्रहरीले यो मामिलामा दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सबेरै पर्खाल नाघेर ती मानिस मन्नतमा प्रवेश गरेका थिए । अनधिकृत प्रवेश गरेका उनीहरुलाई बंगलाका सुरक्षाकर्मीले समातेका थिए ।

एएनआईले प्रहरीलाई उद्धृत गर्दै दुवै युवाको उमेर २० देखि २२ वर्ष रहेको र शाहरुख खानलाई भेट्ने इच्छा लिएर गुजरातबाट मुम्बई आएको बताएको छ । उनीहरु दुवैविरुद्ध उजुरि दर्ता गरी अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले बताए अननुसार दुवै जना बिहान ३-४ बजे तिर बंगलामा प्रवेश गरेका थिए ।

टाइम्स अफ इन्डियाका अनुसार जब यी दुई युवा मन्नतमा प्रवेश गरे, शाहरुख फिल्म ‘जवान’ को सुटिङका ​​लागि घर बाहिर थिए र त्यही समयमा मन्नत फर्किएका थिए । हाल शाहरुख खान फिल्म ‘जवान’ र ‘डंकी’ को सुटिङमा व्यस्त छन् । शाहरुख खानको हालैको फिल्म ‘पठान’ ले बक्स अफिसमा एक हजार छ सय करोडभन्दा बढीको कमाई गरेको छ ।

प्रतिक्रिया